सप्तरी । लकडाउनको समयमा भारतसँगको सीमास्थित खोेला किनारमा दुई जना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।
भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।
ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दबाव परेको थियो । त्यही दबावका कारण सशस्त्र प्रहरी निज चौधरीलाई कारवाही गर्न बाध्य भएको हो ।
गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए । ‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने ।
एसएसपी न्यौपानेसहितका प्रहरी टोली कुटपिट भएकै दिन पीडित युवाको घरमा पुगेका थियो । उनले त्यहाँ कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भन्दै घटनालाई नउचाल्न आग्रह गरेका थिए ।
पीडित हरिकृष्ण साहका आफन्त सन्तोष यादवले कुटपिट गर्ने जवानमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।
कुटपिटमा संलग्न जवानलाई हिजो नै क्याम्पमा झिकाइएको थियो । तत्कालै छानविन गरी उनीमाथि कारवाही गरिएको हो ।
गाउँपालिका अध्यक्ष दायानन्द गोइतले लकडाउनमा घरबाट निस्कन नहुने भएपनि आवश्यक सामान ल्याउन एकदुई जना निस्कँदा प्रहरीले त्यसरी कुटपिट गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर