कोरोनाविरुद्ध लड्न रामदेवले गरे २५ करोड भारु सहयोग

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, २१ : ०५
कोरोनाविरुद्ध लड्न रामदेवले गरे २५ करोड भारु सहयोग

काठमाडौँ । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु सहयोगको घोषणा गरेको छ ।

 सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्का लाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् । 

टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ ।  यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस