कोरोना कहर : राष्ट्र बैंकले भन्यो–‘चैतमा बुभाउनुपर्ने कर्जा असार सम्म बुझाए हुने’

आइतबार, १६ चैत्र २०७६, १९ : ५२
कोरोना कहर : राष्ट्र बैंकले भन्यो–‘चैतमा बुभाउनुपर्ने कर्जा असार सम्म बुझाए हुने’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमणसंगै सतर्कता अपनाउन विश्व भरि नै अहिले गरिएको लकडाउनले अर्थतन्त्र धरासायी हुने चिन्ता थपिएको छ । लकडाउनसंगै अहिले कलकारखाना, व्यापार, उद्योग, कृषि सबै ठप्प जस्तै बनेको छ । यसको प्रभाव विश्वसंगै नेपालमा नपर्ने कुरै भएन । त्यही भएर नेपाल सरकारले पनि अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।

घोषणा गरिए अनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ । राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ ।

राष्ट्र बैंकको घोषणले उद्योगी व्यवसायीलाई भने राहत हुने देखिएको छ । व्यापार, व्यवसाय ठप्प भएको अवस्थामा बैंकको ऋण कसरी तिर्ने भने उद्योगी व्यवसायीहरु चिन्तित बनेका थिए । का कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले

अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ । राष्ट्र बैंकको घोषणले उद्योगी व्यवसायीलाई भने राहत हुने देखिएको छ । व्यापार, व्यवसाय ठप्प भएको अवस्थामा बैंकको ऋण कसरी तिर्ने भने उद्योगी व्यवसायीहरु चिन्तित बनेका थिए ।