'कालोबजारी सृजना गरे तत्कालै खबर पाउँ, आपूर्ति व्यवस्था आजबाट सहज पारिने '

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, १८ : ५४
'कालोबजारी सृजना गरे तत्कालै खबर पाउँ, आपूर्ति व्यवस्था आजबाट सहज पारिने '

काठमाडौँ । सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए तत्कालै कारवाह िगर्ने गृहमन्त्रालयल जनाएको छ । जसका लागि मनत्रालयले टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न भनेको छ । 

कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि सरकारले लक डाउन गरेको अबस्थामा कुनै समस्या परे जानकारी दिन समेत सरकारले आग्रह गरेको छ । 

‘कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुहरुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध गरिन्छ’ वर्तमान जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरेको छ, गृहमन्त्रालयले भनेको छ । 

नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन लागि गृह सचिव महेश्वर न्यौपानेज्यूको अध्यक्षतामा आज बैठक बसेको थियो । 

बैठकले काठमाडौँ उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तु सबै विक्रेताहरुले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई भनेको छ । 

पसल सञ्चालन, माग सङ्कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने जनाइएको छ । माग सङ्कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आआफ्नो नम्बर उपलब्ध गराई भनिउको छ भने फोन, अनलाईन र अफलाइनमार्फत माग सङ्कलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु विक्रिवितरण गर्न आग्रह गरेको छ । 

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि उपत्यकाको सबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका र नगरपालिकालाई र उपत्का बाहिसम्बनधीत जिल्ला प्रशासनलाई भनिएको छ । 

मनत्रालयले आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्न, नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कन तथा परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गनृ अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस