सिरहाबाट एकजनालाई कोरोनाको आशंकमा टेकु अस्पताल लगियो

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, २० : १७
सिरहाबाट एकजनालाई कोरोनाको आशंकमा टेकु अस्पताल लगियो

सिरहा । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाईरस (कोभिड १९) आशंकमा काठमाडौंको टेकु लगिएको छ । वडाअध्यक्ष दिलिप यादवका अनुसार  कतारबाट हालै घर आएका उनलाई अत्यधिक जरो आएपछि कोरोना संक्रमण आशंकमा जनकपुर लगीएको थियो र  जनकपुर प्रादेशिक अस्पतालमा सम्भब नहुदा काठमाडौं पठाइएकाको  जिल्ला  स्वास्थ कार्यलय सिरहाले जनाएको  छ।

कतारबाट गत ७ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । जिल्ला  स्वास्थ कार्यलय सिरहाका अनुरसार उनलाई आशंका देखिएकोले काठमाडौं पठाएको छ ।

वडा अध्यक्ष यादवले उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षीत तरीकाले राख्ने प्रवन्ध मिलाउन उनकै घरतर्फ गई रहेको जनाए । उनलेभने, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं ।’

वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले सिरहा लगायत तराईमा जोखिम देदिएको बताइन्छ । जनकपुरमाभर्नागर्न नमानेपछि काठमाडौंकेा  टेकुमा लगिएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस