काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।
तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए ।
घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् । एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको उल्लेख छ ।
अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै चार जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ चैत्र २०७६, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायली सेनाको आक्रमणमा ६७ जनाको मृत्यु