काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।
तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए ।
घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् । एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको उल्लेख छ ।
अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै चार जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ चैत्र २०७६, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु