‘लकडाउनमा अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या हुदैंन’

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०८ : ५२
‘लकडाउनमा अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या हुदैंन’

काठमाडौं । मंगलबारदेखि देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नरहने सरकारले स्पष्ट पारेको छ । 

गृह मन्त्रालयका अनुसार खाद्यान्न, तरकारी, दुध, पानी, ग्यास, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै बाधा रहने छैन ।  तर, उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस