काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।
मृतक वीरगन्जका सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनको कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो उनले भने, ‘यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।’
कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए ।
अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, २२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने