कोरोना भाइरस संक्रमणबाट टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी

मंगलबार, ११ चैत्र २०७६, २२ : ०७
कोरोना भाइरस संक्रमणबाट टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट  जिम्बाब्वेमा एक जना टेलिभिजन पत्रकारको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण  जिम्बाब्वेमा जोरोरो माकम्बा ३० वर्षीय टेलिभिजन पत्रकार को ज्यान गएको हो ।

उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थयो । उनको उपचारको क्रममा सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

पत्रकार माकम्बा निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो । ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्, ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’

जिम्बाब्वेमा हालसम्म कोरोना भाइरसको संक्रमण तीन जनामा देखिएको छ जसमध्ये एक जनाको ज्यान गएको छ भने अन्य दुई जना उपचाररत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस