लकडाउनमा पनि सीमित बैंक खुल्ला

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १० : ०२
लकडाउनमा पनि सीमित बैंक खुल्ला

काठमाडौं । सरकारले मंगलबारदेखि लकडाउन गरेको भएपनि सीमित बैंक तथा वित्तीय संस्थाको शाखा खुला हुने भएको छ । 

राष्ट्र बैंकले ग्राहकको सुविधा र अत्यावश्यक अवस्थालाई ख्या गर्दै यो व्यवस्था गरेको हो ।  नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए । 

यसअघि सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो ।