जनकपुरधाम । विश्वभर कोरोना भाइरसकोभिड १९ को संक्रमण बढ्दै गएपछि जनकपुर पनि ‘लक डाउन’ हुने भएको छ।
कोभिड १९ को संक्रमण रोक्नको लागि अति आवश्यक सामग्री बेच्ने खाद्यान्य संस्थाहरुबाहेकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जनाएका छन्।
कोभिड १९ को नेपालमा उच्च जोखिम रहेकोले संक्रमण रोक्नतत्काल एक हप्ता व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको महासचिव महासेठले जनाएका हुन्। जनकपुरधामको बाजार मंगलवार देखि १६ गते सम्म बन्द रहने छ।
यस बन्दको अवधिमा खाद्यान्न, किराना, औषधी, एल पी ग्यास, फलफुल, तरकारी, पेट्रोलपम्म बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेपनि जनकपुरधामको बाजारमा भने मानिसको चहलपहल रहैको छ। पहिलाको तुल्नामा मानिसको संख्या कम भएपनि भिडभाड यथावतै रहेपछि जनकपुरधाम उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन