काठमाडौँ । यातायात व्यवसायीले सबै प्रकारको यातायात सेवा बन्द गर्न माग गरेका छन्। लामो दूरीको यातायात सेवा रोकेर मात्रै कोभिड–१९ को संक्रमणबाट बच्न नसकिने नेपाल यातायात व्यवसयी महासघंका महासचिव सरोज सिटौला बताउँछन्।
अहिले उपत्यकामा थोरै गाडी चलेकाले भीड धेरै छ। यो त झन भयावह स्थिति भयो। बरु केही दिन सबै काम ठप्प गरेर सबै यातायात पनि रोकौं,’ सिटौलाले भने।
हाल सञ्चालनमा रहेको वायु सेवा पनि रोक्नु पर्ने उनले माग गरे। सिटौलाले भने, ‘एउटै जहाजमा ५०–६० जना यात्रा गर्दा संक्रमण फैलिन सक्दैन र ?’ सबै प्रकारका यातायात सेवा बन्द गराउन महासघंले विभागीय मन्त्रालयमा अपिल गरिसकेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश