आमाले गरिन् छोरालाई ‘पुनर्जीवित’ ! के यस्तो सम्भव छ ?

आइतबार, ०६ फागुन २०७४, ०७ : ३४
आमाले गरिन् छोरालाई ‘पुनर्जीवित’ ! के यस्तो सम्भव छ ?

बीबीसी । दुईवर्ष पहिले क्यान्सरका कारण छोरा गुमाएकी एक आमाले आफ्नो प्रयासबाट उसलाई ‘पुनर्जीवित’ गरेको बीबीसीले जनाएको छ ।

भारतको पुणेकी एक ४९ वर्षिया शिक्षिका राजश्री पाटिलले एक ‘सरोगेट मदर’ को सहयोगमा आफ्ना अविवाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।
यो कुनै चमत्कार नभएर विज्ञानको देन हो, जसले गर्दा एक आमाको निन्याउरो अनुहारलाई मुस्कुराउन सिकाईदिएको छ ।

प्रथमेशका जुम्ल्याहा बच्चाको जन्म उनको शुक्राणुको सहयोगले भएको हो, जसलाई उनको मृत्यु अगावै सुरक्षित राखिएको थियो ।

‘मेरो प्रथमेश मलाई फिर्ता मिलेको छ’
पुणेको सिंघड कलेजबाट अगाडिको बाँकी अध्ययन पूरा गर्न राजश्रीका छोरा प्रथमेश सन् २०१० मा जर्मनी गएका थिए । सन् २०१३ मा उनलाई ब्रेन ट्यूमर भएको र खतरापूर्ण अवस्थामा रहेको घर–परिवारले थाहा पाए । सोही समयमा उनको वीर्यलाई संरक्षित गरिएको थियो । संरक्षित वीर्यलाई ‘सरोगेसी’ मा प्रयोग गरियो र ३५ वर्षिया ‘सरोगेट मदर’ ले एक छोरी र एक छोरा जन्माइन् ।

राजश्री पाटिलले बीबीसीसँग भनिन्, “मलाई मेरो प्रथमेश फिर्ता मिलेको छ । म आफ्नो छोरासँग एकदमै निकट थिएँ । उ पढ्नमा अत्यन्तै प्रतिभाशाली थियो र जर्मनीबाट इन्जीनियरिङमा मास्टर डिग्री अध्ययन गरिरहेको थियो । त्यही बेला उसलाई चौथो स्टेजको क्यान्सरले समातिसकेको थाहा भयो । डाक्टरहरुले प्रथमेशलाई कीमोथेरापीको उपचार सुरु गर्नुभन्दा अघि नै वीर्य संरक्षित गर्न भनेका थिए ।’’

प्रथमेशले आमा र बहिनीलाई आफ्ना् मृत्युपछि वीर्यको नमूना प्रयोग गर्ने मञ्जुरीनामा दिएका थिए । त्यो बेला राजश्रीले वीर्यको मद्दतबाट ‘आफ्नो छोरालाई फिर्ता पाउन’ सक्छु भन्ने कल्पनासम्म गरेकी थिइनन् ।

मृतक छोराको संरक्षित वीर्यलाई एक गैर–पारिवारिक दातासँग मेल गराएर एक नजिकको नातेदार महिलाको गर्भमा राखिएको थियो ।  २७ वर्षिय छोराको मृत्युमा राजश्री रोइनन्, बरु उनले आफने छोराकोे संरक्षित वीर्यको प्रयोग ‘सरोगेट प्रेग्नेन्सी’ मा गरिन् ।

प्रथमेशका बच्चाहरु १२ फेब्रुअरीमा जन्मिएका हुन् । हजुरआमा बनेकी राजश्रीले बच्चाहरुलाई भगवानको आशीर्वाद बताउँदै नातिको नाम प्रथमेश र नातिनीको नाम प्रीशा राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस