‘कोरोना कोष’मा बसन्त चौधरीको १ करोड सहयोग

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, ११ : १२
‘कोरोना कोष’मा बसन्त चौधरीको १ करोड सहयोग

file photo

काठमाडौं । उद्योगपति वसन्त चौधरीले सरकारले घोषणा गरेको कोरोना कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने घोषणा गरेका हुन् । 

चौधरीले सहयोग अन्तर्गत ५० लाख नगद र बाँकी ५० लाख बराबरको अत्यावश्यकीय मेडिकल सामग्री उपलब्ध गराउने जनाएका छन् ।

सहयोग घोषणा गर्दै ट्विटरमा चौधरीले लेखेका छन्  ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिकरवसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ ।’

प्रतिक्रिया दिनुहोस