कोरोना भाइरस सन्त्रास

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

आइतबार, ०९ चैत्र २०७६, ०८ : ४७
आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आजदेखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गरिएका हुन् ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस्तो सेवा आगामी चैन २१ गतेसम्म बन्द रहनेछन् । यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन् ।