काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौंबाट ७ लाख भन्दा बढी सर्वसाधारण बाहिरिएका छन् । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम घटाउन सोमबारदेखि लामोदूरीका सवारी साधन नचल्ने घोषणा गरेपछि शनिबारसम्म ७ लाख भन्दा बढीले उपत्यका छोडेका छन्।
प्रहरीको तथ्यांक अनुसार चैत १ गतेदेखि शनिबारसम्म झण्डै ७ लाख मानिसले काठमाडौँ छोडेका हुन्। चैत १ गते ७१ हजार ५ सय ५६ जनाले काठमाडौँ छोडेका छन्। २ गते ८६ हजार ३२७ जना, ३ गते ८८ हजार २ सय १ जना, ४ गते ९१ हजार ८१६ जना, ५ गते ९५ हजार २४७, ६ गते १ लाख ८ हजार ४५८ जना र ७ गते १ लाख ३० हजार ८२२ जनाले काठमाडौँ छोडेका छन्। काठमाडौँ छोडेर बाहिर जानेको संख्या शुक्रबार र शनिबार एक लाख भन्दा बढी छ।यस्तै काठमाडौँ भित्रिनेको सङ्ख्या पनि झण्डै ६ लाख रहेको प्रहरीले जनाएको छ।
चैत ५ गते ९८ हजार मानिसहरु काठमाडौँ आएकोमा चैत ६ गते ८३ हजार र ७ गते ६३ हजार मानिसहरु काठमाडौँ भित्रिएका छन्।यसरी सर्वसाधारणहरु बाहिरिन थालेपछि काठमाडौं पनि सुनसान जस्तै बनेको छ । बिना काममा मानिसहरु घर बाहिर निस्कन पनि छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०७६, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै