कोरोनाको आशंकामा विभिन्न मुलुकबाट आएका ६२ जनालाई क्वारेन्टाइनमा

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १८ : ०२
कोरोनाको आशंकामा विभिन्न मुलुकबाट आएका ६२ जनालाई क्वारेन्टाइनमा

file photo

काठमाडौं । भक्तपुर क्वारेन्टाइनमा ६२ जनालाई लगिएको छ । विभिन्न मुलुकबाट आएका उनीहरुलाई सरकारी नियम अनुसार १४ दिने क्वारेन्टाइनमा लगिएको छ ।

अन्य मुलुकबाट भित्रिएका उनीहरुमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जांच र १४ दिनको क्वारेन्टाईन बसाइ पछि आआफ्ना घर फर्काइने छ । 

प्रतिक्रिया दिनुहोस