यसरी भाइरल भयो एक मिनेटको अडियो, के गर्दैछ प्रहरी ?

शनिबार, ०८ चैत्र २०७६, १३ : ३६
यसरी भाइरल भयो एक मिनेटको अडियो, के गर्दैछ प्रहरी ?

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एउटा अडियो क्लीप भाइरल बनेको छ ।  सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका म्यासेन्जरमा भिडियो आइरहेको छ । जसका कारण सर्वसाधारणहरु त्रसित भएका छन् ।

सरकारले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै आवतजावत समेत रोक्ने निर्णयसहित उच्च सावधानी अपनाइरहेका बेला उक्त अडियोले भने सन्त्रास फैलिएको छ ।
 
एक व्यक्तिले आफन्तलाई सन्देश दिएझँै गरी रेकर्ड भएको अडिया एक मिनेको छ । त्यसमा नर्भिक अस्पतालमा ९ जनाको परीक्षणमा ६ जनालाई कोरोना लागिसकेको र शिक्षण अस्पतालमा समेत लागेको भनेर अडियोमा उल्लेख छ । 

प्रहरीले थाल्यो अनुसन्धान 

उक्त अडियोका विषयमा आज नेपाल प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।  नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले अडियोका विषयमा साईबर व्युरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिए । प्रहरीले व्यक्ति को हो भनेर लोकेट गरिरकेकाले छिट्टै पक्राउ पर्ने जनाएको छ । 

सरकराले यस्ता लगत हल्लाको पछि नलागी आधिकारिक सूचना हेर्न अनुरोध गरिसकेको छ । यसअघि सरकारले पनि यस्ता अफबाह फैलाउनेलाई कारवाही गर्ने जनाइसकेको छ । 

नर्भिकले बोल्यो : कोरोना छैन 

नर्भिक इन्टरनेशनल हस्किटलले पनि आज एक विज्ञप्ति जारी गरी अस्पतालमा कोभिड–१९ का विरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति आशचर्य चकित भएको जनाएको छ । उक्त भ्रामक सूचनाको गम्भिर ध्यानाकर्षण भएको अस्पतालले उल्लेख गरेको छ । 
 
अस्पतालले आज एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि विरामी फेला नपरेको जानकारी गराउँदै गलत सूचना सार्वजनिक गर्ने व्यक्तिलार्इ कारवाह िगर्न माग गरेको छ । नेपालमा चीनको उहान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि उनी निको भएर घर गइसकेको र अहिलेसम्म नेपालमा कोरोना लागेको नपाइएको सरकारले स्पष्ट पार्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस