काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकरी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार घाइते दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ चैत्र २०७६, २२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु