काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए ।
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाएको थियो ।
नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनाअनुसार विभिन्न १९ आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको थियो ।
जसअनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०७६, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली