भोपाल । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।
भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिनुभयो । बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।
काङ्ग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना काङ्ग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए । यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गर्नु भएको छ ।
साथै उहाँले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गर्नु भएको छ । यसअघि नै अरु ६ जना काङ्ग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरिसक्नु भएको थियो । (एएनआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु