भोपाल । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।
भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिनुभयो । बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।
काङ्ग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना काङ्ग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए । यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गर्नु भएको छ ।
साथै उहाँले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गर्नु भएको छ । यसअघि नै अरु ६ जना काङ्ग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरिसक्नु भएको थियो । (एएनआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित
भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय