‘चपली हाइट ३’ मा बोल्ड सुपुष्पाको बोल्ड अवतार

विहीबार, ०६ चैत्र २०७६, १७ : ३६
‘चपली हाइट ३’ मा बोल्ड सुपुष्पाको बोल्ड अवतार

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टको बोल्ड तथा कामूक तस्विर सार्वजनिक भएका छन् । फिल्म ‘चपली हाइट ३’को प्रचारका लागि निर्माण युनिटले उक्त तस्विर बाहिर ल्याएको हो । 
फिल्मको हाइप बढाउन बाहिर ल्याइएको तस्बिरमा अभिनेत्री सुपुष्पाले स्विमिङ पुलमा पोज दिएकी छन् ।

सुपुष्पा फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘६ मायाँ छपक्कै’मा पनि काम गरेकी थिइन् । ‘चपली हाईट ३’ उनको तेस्रो फिल्म हो । यो फिल्मका लागि उनले केही बोल्ड दृश्य समेत दिएको बुझिएको छ ।

२८ चैतबाट सार्वजनिक प्रदर्शनमा आउने बताइएको फिल्मको रिलिज अहिलेलाई स्थगित भएको छ । सरकारले आगामी बैशाख १८ सम्म चलचित्र घर बन्द गर्ने निर्णय गरेको कारण फिल्मको रिलिज स्थगित गरिएको निर्माता अर्जुन कुमारले जानकारी दिए । फिल्ममा सुपुष्पाको अलवा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस