कोरोनाभाइरस संक्रमणको आशंकामा भारतमा एक व्यक्तिले गरे आत्महत्या

विहीबार, ०६ चैत्र २०७६, १० : ०५
कोरोनाभाइरस संक्रमणको आशंकामा भारतमा एक व्यक्तिले गरे आत्महत्या

दिल्ली । कोरोनाभाइरस संक्रमणको आशंका गरिएका एक व्यक्तिले भारतमा आत्महत्या गरेका छन् ।  बुधबार दिल्लीको सफदरजंग अस्पतालमा कोरोनाका आशंकामा उपचार तथा आईसोलनमा रहेका व्यक्तिले आत्महत्या गरेका हुन् । उनले अस्पतालकै छतबाट हाम फालेर आत्महत्या गरेका बताईएको छ । 

आत्महत्या गर्नेको परिचय खुलाइएको छैन् । तर उनले आत्महत्या किन गर भन्नेमा धेरैको आकलन भने कोरानाको आशंकाले आत्महत्या आशंका गरिएको छ । ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो ।

अस्पताल प्रशासनका अनुसार बिरामी संक्रमणको आशंकाका कारण बुधबार राती ९ बजे अस्पतालमा भर्ना भएका थिए । उनी अष्ट्रेलियाको सिड्नीबाट भारत फर्किएका थिए र टाउको दुखेका कारण अस्पताल पुगेका थिए । एयरपोर्टका अधिकारीले उनलाई तुरुन्त अस्पताल लिगेको र आइसोलेशनमा वार्डमा राखिएको थियो । (ऐजेन्सी)

प्रतिक्रिया दिनुहोस