काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का दैनिक भेटघाटका कार्यक्रम तत्काललाई बन्द भएको छ । अत्यावश्यक बाहेकका दैनिक भेटघाटका कार्यक्रम हाललाई बन्द गरिएको प्रचण्डका स्वकिय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
‘विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्धारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ,’ गंगाले सामाजिक सन्जलमार्फत भनेकी छिन् । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन जरुरी बाहेकका हिँडडुलमा रोक लगाउने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, भीडभाड गरी यात्रा नगर्न अनुरोध, कालोवजारी गर्नेमाथी कारवाही, सञ्चारमाध्यमबाट गलत सूचना दिए कारवाही गर्ने जस्ता निर्णय गरेको छ ।
सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लव, म्युजियम डान्सबार लगायतमा रोक लगाएको छ । एसईई देखि विश्वविद्यालय सम्मका परिक्षा अर्काे सूचना नभएसम्मका लागि स्थगित भएका छन् ।
सरकारले अत्यावश्यक बाहेक कसैलाई पनि हिडडुल गर्न र घर बाहिर ननिस्कन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले पनि सजगताका लागि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग