काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का दैनिक भेटघाटका कार्यक्रम तत्काललाई बन्द भएको छ । अत्यावश्यक बाहेकका दैनिक भेटघाटका कार्यक्रम हाललाई बन्द गरिएको प्रचण्डका स्वकिय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
‘विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्धारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ,’ गंगाले सामाजिक सन्जलमार्फत भनेकी छिन् । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन जरुरी बाहेकका हिँडडुलमा रोक लगाउने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, भीडभाड गरी यात्रा नगर्न अनुरोध, कालोवजारी गर्नेमाथी कारवाही, सञ्चारमाध्यमबाट गलत सूचना दिए कारवाही गर्ने जस्ता निर्णय गरेको छ ।
सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लव, म्युजियम डान्सबार लगायतमा रोक लगाएको छ । एसईई देखि विश्वविद्यालय सम्मका परिक्षा अर्काे सूचना नभएसम्मका लागि स्थगित भएका छन् ।
सरकारले अत्यावश्यक बाहेक कसैलाई पनि हिडडुल गर्न र घर बाहिर ननिस्कन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले पनि सजगताका लागि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’