मध्यरातमा ट्रान्सपार्टी गरेको अभियोगमा ७ पक्राउ

बुधबार, ०५ चैत्र २०७६, ०९ : ३९
मध्यरातमा ट्रान्सपार्टी  गरेको अभियोगमा ७ पक्राउ

पोखरा । मध्यरातमा ट्रान्सपार्टी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जनालाई समातेको छ । पोखराको लेकसाइड पामे क्षेत्रबाट उनीहरु समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर केसीका अनुसार रिसोर्ट सञ्चालक एक जना नेपालीसहित ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको हो । पार्टीमा संलग्न केहीलाई मुद्दा चलाउन नपर्ने देखिएकाले छोडिएको उनले बताए । ‘चुरोट, रक्सी मात्रै खानेलाई मुद्दा चलाउनु परेन ।

मुद्दा चलाउन पर्ने अरु ७ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने । मुद्दा चल्ने अवस्थाका ७ जनालाई समातेको उनले सुनाए । स्थानीय प्रशासनको स्वीकृति बिना नै भेला हुने, इलिगल पार्टी गर्ने ७ जनालाई समातेको उनले बताए । ‘त्यहाँ सानो होटल रै छ, त्यसमा मान्छे बस्ने गर्दा रैछन्, भन्नलाई रिसोर्ट भन्दा रैछन्, इलिगल पार्टी भई रहेको छ भन्ने थाहा पाएर हामी गएका थियौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस