कोरोनाका कारण उद्योगी एवं व्यापारीसँग सहुलियत माग

रासस

मंगलबार, ०४ चैत्र २०७६, २० : ४५
कोरोनाका कारण उद्योगी एवं व्यापारीसँग सहुलियत माग

काठमाडौँ । गत डिसेम्वर महिनादेखि चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)  विश्वव्यापी रुपमा फैलिँदै गएपछि यसको असर उद्योग व्यापारमा पनि पर्न थालेको उद्योग सङ्गठन मोरङले ठहर गरेको छ ।

सङ्गठनले आज यहाँ विज्ञप्ति जारी गर्दै वर्तमान समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम तथा त्रासका कारणले आर्थिक गतिविधिमा सुस्तता र उत्पादनमा ह्रास आएको जनाएको छ । 

सङ्गठनका अध्यक्ष भीम घिमिरेद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा  विश्वव्यापी फैलिएको सन्त्रास र डरले लक्ष्य अनुरुपको व्यापार तथा निर्यातमा आएको कमी, कच्चा पदार्थ पैठारीमा देखिएको असहजताका साथै समग्र वस्तुस्थितिलाई ध्यानमा राखी उद्योग÷व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बंैक तथा वित्तीय संस्थाको ब्याजको आधार दर गणना गरी ऋण तथा ब्याज रकम भुत्तानीका लागि तीन महिनाको ग्रेस अवधि दिइनुपर्ने, चैत मसान्तसम्म तिर्नुपर्ने करको समयावधि तीन महिना थप गर्नुुपर्ने, विद्युत् महसुलको न्यूनतम शुल्क मिनाहा गर्नुपर्ने लगायतका पूर्ण प्याकेजका सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको उल्लेख छ ।

साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका उपाय अवलम्वन गर्न सरकार, सम्बन्धित सरोकारवाला मन्त्रालय तथा अन्य निकायमा अनुरोध गर्दै यस विषम परिस्थितिमा दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यक वस्तुहरुको सहज उपलब्धताको व्यवस्थाका लागि सम्पूर्ण उद्योगी÷व्यवसायीमा अनुरोध गर्दै सबैलाई सचेत, सजग र सुरक्षित रहन आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस