खुकुरी प्रहार गरि हत्या गर्ने ३ पक्राउ

मंगलबार, ०४ चैत्र २०७६, १० : ५१
खुकुरी प्रहार गरि हत्या गर्ने ३ पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।  गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई  पक्राउ गरिएको प्रनाउ योगीले बताए ।

हीरा डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित  शिक्षण अस्पतालमा लगिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस