कोरोना भाइरस

थप २३५ आइसियू बेड तयार हुँदै'

सोमबार, ०३ चैत्र २०७६, ०७ : ११
थप २३५ आइसियू बेड तयार हुँदै'

file photo

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्।

राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा श­ड्ढया तयार पार्ने निर्णय भएको बताए।

हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शड्ढया छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शड्ढया तयार पारिएका छन्।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस