काठमाडौँ । गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो। अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्ने चिकित्सकहरुले जनाएका छन् ।डेंगीबाट बच्न सरसफाइमा ध्यान दिने, पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्ने हो ।
टेकु सरुवा रोग अस्तपतालले डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्। आर्थिक वर्ष २०७५\०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेंगी संक्रमण
डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान
बैतडीमा सातजनामा डेंगी पुष्टि
प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान