काठमाडौँ । पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ । डेंगी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ ।
महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर् अभियान सञ्चालन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए।
त्यस्तै, डेंगीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । भुसालले भने, “समान्य जानकारी नहुँदा डेंगी फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर् अभियान सुरु गरेका हौँ ।”
महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेंगी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा सातजनामा डेंगी पुष्टि
प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान
डेंगी नियन्त्रणका लागि शुक्रबार देशव्यापी सरसफाइ अभियान सञ्चालन हुने
गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण