काठमाडौँ । डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले सुरु गरेको सरसफाइ अभियान अन्तर्गत शुक्रबार प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसमेतको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको निर्णयअनुसार मुख्यसचिव अर्यालसहित प्रधानमन्त्री कार्यालयका सचिव, अन्य उच्च अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
सरसफाइ अभियान डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। अभियानअन्तर्गत श्रावण, भदौ र असोज महिनाभर प्रत्येक शुक्रबार बिहान ९:३० बजे देखि संघीय मन्त्रालय, निकाय, प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा सरसफाइ तथा जनचेतनामूलक प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको थियो ।
सरकारले उक्त अभियानलाई राष्ट्रिय स्तरमै प्रभावकारी ढंगले सञ्चालन गर्दै डेंगुको संक्रमणको चक्र तोड्ने लक्ष्य राखेको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सरोकारवाला निकाय तथा कार्यालयहरूले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा सरसफाइ कार्यमा सक्रियता देखाउनुपर्नेमा जोड दिइएको छ।
सरसफाइ अभियानसँगै जनचेतनामूलक कार्यक्रम, पोस्टर, सूचना, सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य पनि सँगसँगै गरिने जनाइएको छ । सरकारले सार्वजनिक, निजी, शैक्षिक, स्वास्थ्य र अन्य कार्यालयहरूमा समेत स्वच्छता कायम गर्न सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेको छ।
सरसफाइ कार्यक्रम साप्ताहिक रूपमा नियमित सञ्चालन हुने भएकाले लामखुट्टेको लार्भा उत्पादन हुने सम्भावित स्थानहरूको पहिचान गरी सफा राख्न कार्यालयहरूलाई निर्देशन दिइएको छ।
मुख्यसचिव अर्यालले सबै कर्मचारी, सेवाग्राही, स्थानीयवासी तथा सरोकारवालालाई यस अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान
डेंगी नियन्त्रणका लागि शुक्रबार देशव्यापी सरसफाइ अभियान सञ्चालन हुने
गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण