काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाल सरकारले यसमा लापरबाही गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले स्कुल बन्द गर्न र चलिरहेको परीक्षासमेत तत्कल रोक्न सरकारलाई सुझाव दिएका छन् ।
उनले कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ स्कुल कलेज बन्द नगरेर सरकारले लापरवाही गरेको आरोप लगाएको छ ।
भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०७६, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई