काठमाडौँ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय हुनुपर्ने बताउनुभयो ।
प्रहरी कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार क्रियाकलाप, व्यावसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । महानिरीक्षक ज्ञवालीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासीलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताउनुभयो ।
प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले व्यावसायिक निष्ठा तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने उहाँको भनाइ थियो । महानिरीक्षक ज्ञवालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धलाई सुधार गर्दै समाजमा हुने अपराध नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षाका लागि प्रहरी गम्भीर भएर लागेको बताउनुभयो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण