भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
“मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निरीक्षक भट्टले भन्नुभयो, “तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।” प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
आक्रोश नगरपालिकामा
शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आज कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् ।
म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् ।
स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद