काठमाडौं । परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो ।
उनी सामाजिक शिक्षा पढाउँथिन् । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई ब्लेडले आफैँ हात चिर्न लगाएर यातना दिएको पाइएपछि कर्माचार्यलाई पक्राउ गरिएको डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । उनलाई अहिले कोटेश्वर प्रभागको हिरासतमा राखिएको छ ।
प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर आज शनिबार विद्यालयका प्रिन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ । छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छिन् ।
उक्त एकेडेमीले ती शिक्षिकालाई बर्खास्त गरिसकेको छ । एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले ती शिक्षिकालाई बर्खास्त गरिएको जानकारी दिए । ती शिक्षिका दस वर्षदेखि उक्त विद्यालयमा अध्यापनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ