काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण स्वदेशमै सफलतापूर्वक गरेर नेपाली चिकित्सकले स्वास्थ्य क्षेत्रको सान उचो बनाएका छन् ।
हरेक राजनीतिक नेतृत्व हल्का टाउको दुख्दा पनि स्वदेशी चिकित्सकलाई विश्वास नगरी विदेश जाने चलन थियो । तर यसपाला नेपाली चिकित्सकले स्वदेशमै प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेर विश्वास जितेका छन् । यतिबेला मिर्गौल प्रत्यारोपण पश्चात प्रधानमन्त्री ओली आराम गरिरहनु भएको छ । उहाँको र मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था समान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । तर स्थिर रहेको जनाइएको छ ।
स्वदेशमा त्यो पनि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नु अघिसम्म पनि चिकित्सकहरुमा एक प्रकारको के होला के होला भन्ने मनस्थिति थियो । बिहान नौ बजेदेखि अपरेसन थिएटर पसेका चिकित्सकले अविराम ६ घण्टा अप्रेसनमा विताए । र सफल बनाए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण । उमेर घर्किसकेको अनि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउदै गरेका प्रधानमन्त्रीमा प्रत्यारोपणको प्रतिक्रिया कस्तो रहला ? अपरेसन थिएटर छिरेका चिकित्सकले यो छलफल पहिल्यै पनि गरेका थिए । पछि आउन सक्ने चुनौतीका बारेमा पहिल्यै मानसिक र भौतिक तयारी समेत गरेका थिए । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अप्रेसन सफल भएपछि जारी गरेको विज्ञप्तीले पनि चिकित्सकको मनोवल बढेको उजागर गर्छ ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको छ । हाल उहाँको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ ।उहाँको सबै मुख्य सूचकहरु राम्रो अवस्थामा रहेको छ ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रत्यारोपित मिर्गाैलाले काम गर्न सुरु गरिसकेको छ ।’
प्रधानमन्त्रीको प्रत्यारोपणको शल्य चिकित्सा टोलीमा शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली प्रा.डा.अनन्तकुमार लगायतका टोलीको सहभागितामा मिर्गौला प्रत्यारोपण सफल भएको हो । त्यो टोलीमा नेपालका अन्य चिकित्सक प्रा.डा.दिव्या सिंह शाह, डा.महेश सिक्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली पनि साथ थिए । हरेकले पाएको जिम्मेवारी पुरा गर्दै एकअर्कोलाई सघाउदै प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा निरन्तर खटिएका थिए ।
त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ, र प्रा.डा. सुवास आचार्य सहितको टोलीले हरदम आफ्नो सक्रियता देखाए । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार स्वदेशमै यसअघि धेरै सफल मिर्गौला प्रत्यारोपण भएका थिए । तर प्रधानमन्त्री जस्तो उच्च पदका व्यक्तिको यसरी प्रत्यारोपण भएको थिएन । यसमा सफलता मिल्नु चिकित्सा क्षेत्रकै लागि ठूलो सफलता मानिएको छ ।
स्वदेशका चिकित्सक र अस्पतालाई विश्वास गर्न सकिने अर्को आधार यस प्रत्यारोपणले खडा गरेको छ । बारम्बार चिकित्सक र अस्पताललई लाग्ने गरेको लापरवाहीको आरोपको खण्डन क्रियात्मक रुपमै भएको छ । राम्रो वातावरण पाएमा नेपालका चिकित्सक हरेक प्रकारको उपचार गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको चिकित्सकहरु बताउँन् । ‘प्रधानमन्त्रीको अटुट आत्मबल र दृढ साहसका साथ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउनका लागि गर्नुभएको निर्णय निकै नै प्रशंसनीय र स्वागतयोग्य त छ नै नेपालको प्रत्यारोपण विधालाई चीर स्थायी र भरोसायोग्य बनाउन यस कदमले सहयोग पुर्याएकोछ,’ चिकित्सक अरुण सेढाइले फेसबुकमार्फत भनेका छन् ।
झण्डै १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । बाह्रबर्ष पश्चात त्यसले काम गर्न छाडेपछि पुन मिर्गौला प्रत्यारोपण गर्नुपरेको हो । ओलीको २०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भारतका डा. अनन्तकुमारले प्रत्यारोपण गराएका थिए । उनीपनि प्रत्यारोपण टोलीमा सरिक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना