काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारका कारण देश राजनीतिक सङ्कटमा फसेको बताएका छन् ।
शुक्रबार राजधानीमा भएको नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा सभामा खनालले राजनीतिक सङ्कटबाट पार लगाउन वामपन्थीहरू एकजुट हुनुपर्ने धारणा राखे ।
‘दुई वटा हात्ती सरकारमा सहभागी छन् । तर सरकारको नीति तथा कार्यक्रम जनताको पक्षमा एउटा पनि छैन । त्यसकारण देश अहिले भयावह राजनीतिक सङ्कटमा छ । वामपन्थीलाई एकताबद्ध पार्टी निर्माण गर्न यो एकताले जबरजस्त सन्देश दिएको छ’, उनले भने ।
यस्तै २०७५ सालमा एमाले र माओवादी मिलेर कम्युनिस्ट आन्दोलन एकताबद्ध भएपनि दक्षिणपन्थी अवसरवाद हाबी भएका कारण मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको बताए ।
‘२०७५ सालमा नेकपा एकताबद्ध भयो । वामपन्थीले दुई तिहाइ मत प्राप्त गर्यो । तर वामपन्थी सरकारले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, गरिबी निवारण बिर्सियो’, उनले भने, ‘देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भयो । नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक सङ्कटमा फसेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल