एजेन्सी । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७.३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ।
अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ।
अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किमि टाढा पर्छ। सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो। उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ।
तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ। त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो। अन्ततः दिउँसो २:४५ बजेभित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो।
भूकम्पपछि सुनामीको खतरा न्यून भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन भने आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का