राजिनामा दिएको २४ घंटा नबित्दै डा. युवराज खतिवडा पुनः मन्त्री पदमा नियुक्त

बुधबार, २१ फागुन २०७६, ११ : २२
राजिनामा दिएको २४ घंटा नबित्दै डा. युवराज खतिवडा पुनः मन्त्री पदमा नियुक्त

काठमडौँ । डा. युवराज खतिवडा मन्त्री पदमा पुनः नियुक्त भएका छन् । राजिनामा दिएको २४ घण्टा नबित्दै उनी पुनः पुरानै पदमा फकिएका हुन् । 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार बेलुकी मन्त्री पदबाट राजीनमा दिएका थिए । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।

उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।खतिवडा दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । उनको पदावधि सकिएपछि रिक्त स्थानमा कोहीलाई मनोनयन गरिएको छैन ।

त्यसमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने कि खतिवडालाई भन्नेबारे नेकपाभित्र मतभेद भएपछि मन्त्रिपरिषद्ले सिफारिस गर्न सकेको छैन । तत्काल सिफारिस हुने सम्भावना पनि नरहेको नेकपा स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस