काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परे अन्य देशबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चको आदेशमा कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि भनेको छ ।
कानुन व्यवसायी पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । रिटको सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन तथा महिनाका जागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू’ आदेशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार