काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परे अन्य देशबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चको आदेशमा कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि भनेको छ ।
कानुन व्यवसायी पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । रिटको सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन तथा महिनाका जागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू’ आदेशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस