काठमाडौँ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई महानगरीय प्रहरी परिसर ललितपुर तानिएको छ ।
उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारी खोसेर परिसरमा तानिएको हो । इन्स्पेक्टर पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको भिडियो शुक्रबार बिहान सार्वजनिक भएको थियो। पौडेलको ठाउँमा इन्स्पेक्टर सुजित ओझालाई खटाइएको छ।
बिहीबार खिचिएको यो दृश्य भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्डभित्रको हो । प्रहरीको कुटाइ खाने महिला हुन्, हेमा श्रेष्ठ ।
पूर्वजर्नेल खत्रीले सम्बन्ध राखेर आफूलाई श्रीमतीका रूपमा नस्विकारेको भन्दै माला शाह बिहीबार बिहानै एक हूल महिलासहित घरमा धर्ना दिन पुगेकी थिइन् । त्यतिबेला खत्री घरमा थिएनन् । उनले छोरीमार्फत घरमा तोडफोड हुन लागेको खबर पाएको भन्दै नजिकैको प्रहरी प्रभागमा खबर गरे ।
इन्स्पेक्टर पौडेल दुई महिला प्रहरीसहितको टोली लिएर खत्रीको घर पुगे । प्रहरीले महिलाहरूलाई हटाउन खोज्ने क्रममा विवाद सुरु भयो । त्यस क्रममा इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेका हुन् ।
 
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस