पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
घाइते १५ जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताउनु भएको छ ।
यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षक अहमदका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो । (रासस/सिन्हवा)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु