अब डिजेल पेट्रोलमा प्रतिलिटर १०\१० रुपैयाँ विकास कर

विहीबार, १५ फागुन २०७६, १५ : २८
अब डिजेल पेट्रोलमा प्रतिलिटर १०\१० रुपैयाँ विकास कर

काठमाडौँ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पु-याएको छ ।बिहिवार सुचना तथा सन्चार प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन ।

गत फागुन १२ गते बसेको मन्त्रीपरिषद  बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ बिकास कर लगाउने  निर्णय  गरेको हो । बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैयाँ कर लगाउन थालेको थियो ।