सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०८२, १६ : १५
सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने

काठमाडौँ । बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ।

सन्दीपलाई रेड लायन्सले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो। यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, सोएब मल्लिकलाई भित्र्याइसकेको छ।

यसअघि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको थियो।

जेबी ब्रुजेज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।

जेबीका अनुसार यो टोलीमा नेपाली खेलाडीलाई आबद्ध गरिएको छ। नेपाली खेलाडीको घोषणा केही दिनमै गरिनेछ। अब थप एक विदेशी खेलाडीको घोषणा गरेपछि नेपाली खेलाडीको पनि घोषणा हुनेछ। नेपाली खेलाडी राष्ट्रिय टोलीमा रहेका र हालै टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस