बाँके । बाँके राष्ट्रिय निकुञ्जले दुईवटा हात्ती थपेको छ। चारवटा हात्ती रहेको निकुञ्जमा दुईवटा थप भएसँगै ६ वटा हात्ती पुगेका छन्। चितवनको कसराबाट बुधबार दुईवटा हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो।
प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार, निकुञ्जमा हात्ती सफारी गर्नेको संख्या बढ्दै छ। पर्यटकलाई हात्तीमा सफारी गर्नेदेखि गस्तीमा समेत सहज हुने भट्टराईले बताए। ५ नम्बर प्रदेशमा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरुआत गरिएपछि पर्यटकको रोजाइ बढिरहेको छ। भ्रमण वर्षको क्रममा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हात्ती सफारी गरेका थिए। प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा बाह्य र आन्तरिक पर्यटक बढिरहेको बताए।
निकुञ्जछेउमा रहेको गाभर होमस्टेले गर्दा पनि निकुञ्जमा पर्यटक बढेका छन्। बिदाको दिन गाभर होमस्टेमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ। बाघ संरक्षणका लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा हाल २१ वटा बाघ छन्। त्यसका साथै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ।
बाघका आहारा प्रजातिको संख्या उल्लेख्य रहेको छ। निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ। बाँके राष्ट्रिय निकुञ्ज बर्दिया, सल्यान, दाङसँग जोडिएको छ। द्रुत गतिमा बाघको संख्या बढ्दा र प्रचारप्रसार हुँदै गर्दा निकुञ्जमा आउने पर्यटक बढिरहेका छन् ।गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ फागुन २०७६, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु