गृहमन्त्री बादलले दिए आगामी निर्वाचनमा चितवनबाटै उठ्ने संकेत

सोमबार, १२ फागुन २०७६, १७ : ५५
गृहमन्त्री बादलले दिए आगामी निर्वाचनमा चितवनबाटै उठ्ने संकेत

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनमा चितवनबाटै उठ्ने संकेत गर्नुभएको छ । पूर्वी चितवनको उदयपुर सामुदायिक वनमा पर्यापर्यटनको विकास गर्ने उद्देश्यसहित स्थापना गरिएको उदपुर पार्क तथा बाल उद्यानको उद्धघाटन गर्दै चितवनबाटै आफु फेरि भोट माग्न चितवनका जनता माझ आउने संकेत गर्नुभएको हो ।
“चितवन क्षेत्र नम्बर २ मेरो निर्वाचन क्षेत्र हो, मैले यसअघि यहि क्षेत्रबाट निर्वाचित भईसकेको छु, उहाँले भन्नुभयो अहिले पनि यसै क्षेत्रको प्रतिनिधिको रुपमा राष्ट्रिय सभामा छु ।”

गत निर्वाचनमा उहाँले अन्तिम समयमा पार्टीको निर्णयका कारण यो क्षेत्रबाट नउठे पनि आज गृहमन्त्रीको अभिव्यक्तीसगैँ उहाँ यो क्षेत्रमा पनि उठ्ने स्पष्ट देखिएको छ ।

उहाँले विगतदेखि जनताको माग अनुसारका विकास निर्माणमा सक्रियता पूर्वक लागिरहेको जनाउदै आगामी दिनमा समेत यस क्षेत्रसगैँ समग्र चितवनको विकास लागि आफु निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चितवन क्षेत्र नम्बर २ लाई औद्योगिक र पर्यटकीय दुवै दृष्टिले विकास गर्न आवश्यक रहेको बताउदै यसका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने दोहा्रेराउनुभयो ।

विगतमा पनि यस क्षेत्र र चितवनका लागि धेरै योजना आफै पहलमा आएको जगजायर रहेको बताउदै उहाँले मुलुकै समृद्धिमा लागेका कारण चितवनको अगामन कम भए पनि आगमी दिनमा यस क्षेत्रमा थप सक्रियता बढाउने उल्लेख गर्नुभयो ।

यस क्षेत्रका लागि आवश्यक प्रहरी चौकी, चौकी स्तर उन्नतीका, लगायतका काम तत्कालै अगाडी बढाईरहेको बताउदै त्यसैको उदाहरण जुटपानी प्रहरी चौकी रहेको बताए ।

साथै एक वडा एक चौकी र एक नगर एक ईलाका प्रहरी कार्यालय अवधारण अनुसार जुटपानीलाई ईलाकामा स्तर वृद्धि गर्ने र शक्तिखोर लगायत अन्य ठाउँमा पनि थप प्रहरी चौकी विस्तार गर्न लागिएको बताउनुभयो ।

“सुरक्षा विना विकास असम्भव छ उहाँले भन्नुभयो, मैले यहि देखेर देशैभरमा प्रहरीको जनशक्ति बढाउने र प्रहरीको आत्मवल बढाउने योजना अगाडी सरेको छु, जसले भोलीको विकास र समृद्धिमा ठुलो टेवा पुग्ने छ । ”

नागरिकलाई परेका दुःख समस्यामा नागरिकको चौकीदारको रुपमा सहयोगी भूमिका सुरक्षाकर्मीलाई निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस