महानगर प्रमुख रेनु दाहालद्वारा अनसनरत पौडेलसँग भेटवार्ता, समस्या समाधान गर्न पहल भइरहेको जानकारी

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०७६, १६ : ५८
महानगर प्रमुख रेनु दाहालद्वारा अनसनरत पौडेलसँग भेटवार्ता, समस्या समाधान गर्न  पहल भइरहेको जानकारी

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । उहाँले अनसनरत वडाध्यक्षको स्वास्थ्य अवस्था बुझ्दै समस्या समाधानका लागी पहल भइरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय निकुन्जको ऐन संशोधनको माग गर्दै अनसनरत वडा अध्यक्ष पौडेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको छ । प्रमुख दाहालले समस्या समाधानको लागि पहल भइरहेको र चाँडै समस्याको टुङ्गो लाग्ने बताउनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई निकुन्जको समस्या हल गर्न बिहानमात्र प्रधानमन्त्रीसँग छलफल भइरहेको  सन्देश लिएर भेट्न आएको बताउँदै महानगर प्रमुख दाहालले अनसनप्रति पूनर्विचार गर्न आग्रह गर्नुभयो ।

अनसनरत पौडेललाई प्रमुख दाहालले समस्या समाधान गर्नको लागि आज बिहान प्रधानमन्त्रीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, वनमन्त्री तथा अन्य सरोकारवालाहरूसँग गम्भीर छलफल भइरहेको भन्दै यो सामूहिक समस्यालाई छिट्टै हल गर्न लागेको सन्देस लियर आफूआएको प्रमुख दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या समाधान हुन्छ, पहल भइरहेको छ ।’ सो अवसरमा प्रदेस सभा सदस्य विजय सुवेदीले निकुन्ज र  निकुन्ज पीडित जनताको समस्या दीर्घकालीन रूपमै हल गर्ने गरी विभिन्न चरणमा उच्च स्तरीय पहल भैरहेको भन्दै यसलाई सबैको चासो र चिन्ता रहिरहेको बताउनुभयो । 

विगत छ दिनदेखि विभिन्न माग राख्दै आमरण अनसन बस्नुभएका वडा अध्यक्ष पौडेलको स्वास्थ्य  अवस्था बिग्रिएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार भइरहेको छ।सो अवसरमा महानगरप्रमुख दाहालले अस्पतालका निर्देशक डा. श्रीराम तिवारीसँग पौडेलको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो ।

अनसनरत पौडेलले आफू माडी बासीको पीडा सहन नसकेर अनसन बसेको बताउँदै यो सामूहिक मुद्दा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । पौडेलले आफू नेपाली कांग्रेसबाट निर्वाचित भएको भए पनि यो कांग्रेसको मात्र एजेन्डा नभएको भन्दै यसलाई कुनै दल विशेषको यजेड्डा बन्न नदिने बताउनुभयो । उहाँले आफ्ना मागहरू सम्बोधन हुने विश्वास लिएको बताउँदै यसलाई विशेष पहल गरिदिन महानगर प्रमुख रेनु दाहाललाई आग्रह गर्नुभएको छ ।

समस्या समाधान हुन्छ : प्रचण्ड 

नेपाल कम्युनिष्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाका जनताको समस्या समाधान गर्न  आफू गम्भीर रुपमा लागिरहेको र समस्या समाधान हुने बताउनु भएको छ । माडीको समस्याका विषयमा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको डेलिगेशन टोलीसगँको छलफलपछि प्रचण्डले यस्तो बताउनु भएको हो । 

माडीलाई मणी बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निकुञ्जका कारण परेको समस्या छिट्टै समाधान हुने बताउनु भयो । माडीवासी ढुक्क भएर बस्न अनुरोध गर्दै उहाँले नीतिगत रुपमा नै आफूहरुले निकास दिन खोज्दा केहि समय लागेको बताउनु भयो । हिजो चुनावदेखि नै आफूले गरेका प्रतिवद्धता पुरा गर्न आफू गम्भीर रहेको प्रचण्डले बताउनु भयो ।

छलफलमा भोलि प्रधानमन्त्री, वन मन्त्री र टोलीसहित बैठक बसेर ठोस निर्णय निकाल्ने सहमति भएको छ । मेयर ठाकुर ढकालसहितको टोलीले वडा अध्यक्ष कृष्ण पौडेल आमरण अनशन बसेको कुरादेखि जनतालाई तत्कालै निर्णय चाहिएको बारेमा अवगत गराएका थिए । चितवनका राजनीतिक दलहरुले अनसनरत पौडेलको जीवन रक्षाको माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस