कोरिया जाने कामदारको उडान रोकियो

पत्रपत्रिकाबाट

सोमबार, १२ फागुन २०७६, ०८ : ०२
कोरिया जाने कामदारको उडान रोकियो

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार तत्काल नेपालबाट कोरिया पठाउन रोकिएको छ ।

‘कोरोनाको संक्रमण बढ्दै गएपछि कोरियाली अधिकारीसँग छलफल गरेर गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकिएको छ । गत हप्ता करिब दुई दर्जन कामदार तालिकाअनुसार उड्न पाएनन्,’ खनालले भने । आगामी १८ फागुनमा ४० कामदार कोरिया पठाउने कार्यसूची पनि प्रभावित भएको छ ।

कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ७८ हजार आठ सय ८८ मा संक्रमण भएको र दुई हजार चार सय ६७ जनाको मृत्यु भएको पुष्टि भएको छ । नयाँ पत्रिकामा खबर छ