कोरोना त्रास : कोरिया जाने नेपाली कामदारको उडान स्थगित

सफल खबर संवाददाता

आइतबार, ११ फागुन २०७६, १७ : १५
कोरोना त्रास : कोरिया जाने नेपाली कामदारको उडान स्थगित

काठमाडौँ । दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि इपिएसमार्फत कोरिया जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको छ। केही दिनयता कोरियामा समेत कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले फागुन १८ गतेको प्रस्तावित उडान स्थगित भएको इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए।

गत साता इपिएसमार्फत १०३ जना कामदार कोरिया गएको खनालले बताए। ‘तत्काललाई प्रस्तावित उडान सारिएको हो। अब कोरियन दूतावाससँगको छलफलपछि कहिले उडाउने भन्ने टुंगो लाग्छ,’ खनालले भने।