सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत

रासस

शनिबार, १० फागुन २०७६, १९ : ५१
सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत

फाईल फोटो

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुने बताउनुभएको छ । जाजरकोटको पश्चिमी क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने क्रममा छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा उहाँले जिल्लामा खानेपानी, विद्युत्, टेलिफोनको काम एक वर्षभित्र पूरा हुनेछ भन्नुभयो । 

पुराना निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया शुरु गरेर टेलिफोन टावरको काम शुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । कच्ची कटान भएको सडकमा कालोपत्रको काम सँगै बढाएर लैजानेसमेत उहाँको भनाइ थियो । जिल्लाका दुई ठाउँमा १५ श्ययाका नगर अस्पताल निर्माण शुरु भइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस